दफा ६१
चालक अनुमतिपत्र खारेज गर्न सकिने
(१) कुनै चालकमा दफा ४७ मा लेखिएको कुनै अयोग्यता भएको प्रमाणित भएमा अधिकार प्राप्त अधिकारीले त्यस्तो चालकको चालक अनुमतिपत्र खारेज गरी सो अनुमतिपत्र फिर्ता बुझाउन चालकलाई आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको आदेश प्राप्त भएको मितिले सात दिनभित्र चालकले आफ्नोे अनुमतिपत्र अधिकार प्राप्त अधिकारीसमक्ष फिर्ता बुझाउनु पर्छ ।